देशमा वैदेशिक हस्तक्षेप बढ्योः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा फेरि वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिँदै गएको दाबी गर्दै पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भनेका छन्ः ‘देश गम्भीर संकटबाट गुज्रँदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भैरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’
सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको समेत उनले स्पष्ट पारेका छन् । श्रेष्ठले भनेका छन्ः ‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’
प्रवक्ता श्रेठले सम्पूर्ण देशभक्त शक्तिहरुलाई एक हुन आह्वान गर्दै प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षा गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक