उत्तर कोरियाले अमेरिकी भ्याक्सिन चोर्ने प्रयत्न गरेको आरोप
अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ । दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन ।
दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर अधिकारीहरुले विधायकहरुलाई गोप्य जानकारी दिएका छन् । अमेरिकी कम्पनी फाइजरले भने अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन ।
उत्तर कोरियामा कोरोना भाइरसको एउटै पनि संक्रमण भएको घटना अहिलेसम्म बाहिरिएको छैन । यसका बाबजुद उत्तरले एस्टे«ेजेनेका–अक्सफोर्ड खोपको २ण् लाख डोज देशमा आयात गर्दैछ ।
२०२० जनवरीमा चीनमा कोरोना भाइरस फैलन थालेसँगै उत्तरले चीनसँगको सीमा बन्द गरेको थियो । गत नोभेम्बरमा माइक्रोसफ्टले फाइजरसहितका कम्तिमा ९ वटा स्वास्थ संस्थामाथि उत्तर कोरिया र रुसको सरकारी सहयोगमा सञ्चालित संयन्त्रहरुले निशाना साँधेको आरोप लगाएको थियो । माइक्रोसफ्टले जिन्क र सेरिअम नामका उत्तर कोरियाली समूह र फेन्सी नामको रुसी समूह यस्तो कार्यमा संलग्न रहेको आरोप लगाएको थियो ।
रुसले अन्य देशको खोप अनुसन्धानलाई निशाना बनाएको कुरा आधारहीन रहेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशङ्कु संसदमा सत्ता सङ्घर्ष : साना दल शक्तिशाली, ठुला दल निरिह
-
गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह
-
खडेरीले बाराकाे दक्षिणी भागमा रोपाइँ भएन
-
इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली लण्डनमा
-
'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउँछ'
-
एकीकृत समाजवादीको चितवन अध्यक्षमा कन्दङ्गवा