शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गतल विवरण पेश गर्ने ३६ जनालाई मेरिट सूचीबाट हटाइयो

बुधबार, ०५ फागुन २०७७, १२ : १०
बुधबार, ०५ फागुन २०७७

गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागी भएकाहरूलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको छ । गतल विवरण पेस गर्ने ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाइएको हो ।

दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अङ्कमा झुटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको भन्दै आयोगको ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको सूचना जारी गर्दै जानकारी दिएको हो ।

एमडी एमएस र एमडीएस तर्फ शैक्षिक सत्र ०७६÷०७७ लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिटबाट उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो । योग्यताक्रमको सूचीबाट हटाइएका विद्यार्थीहरूको संख्या एमडी एमएसतर्फ ३३ छ भने एमडीएस तर्फका ३ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप