उत्तर कोरियाली नेताकी श्रीमती एक वर्षपछि कन्सर्टमा देखिइन्
बुधबार, ०५ फागुन २०७७, ११ : ३४

उत्तर कोरियाली नेताकी श्रीमती लगभग एक वर्षदेखि सार्वजनिक रुपमा देखिएको त्यहाँको राज्य सञ्चालित मिडियाले जानकारी दिएको छ ।
री सोल–जु मंगलबार आफ्ना श्रीमानसँग किमका दिवंगत पिता तथा उत्तर कोरियाका पूर्व नेता कि जोङ–इलको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कन्सर्टमा उपस्थित भइन् ।
री सोल–जु यसअघि पनि श्रीमानसँग विभिन्न कार्यक्रममा देखिने गरेकी थिइन् तर उनलाई जनवरी अन्तिमबाट देखिएकी थिइनन् ।
उनी सार्वजनिक रुपमा नदेखिएपछि उनी बिरामी भएको हो कि अथाव गर्भवती भएको हो कि भन्ने आशंका गरिएको थियो ।
सार्वजनिक भएका तस्बिरमा यी दुईलाई निकै खुसी मुद्रामा देखिएको छ भने उनीहरुले मास्क लगाएका थिएनन् । साथै सामाजिक दुरीको पालना गरिएको पनि देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि