शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधका बीच आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप

बुधबार, ०५ फागुन २०७७, १० : ३४
बुधबार, ०५ फागुन २०७७

म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो ।

यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि  देशको प्राकृतिक प्रकोपको कानून मिचेको आरोप लागेको छ ।

बुधबार लगाइएको नयाँ आरोप ठ्याक्कै के हो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

म्यानमारमा विरोध प्रदर्शन चर्किरहेका बीच त्यहाँको सेनाले नयाँ चुनाव आयोजना गर्ने र सत्ता हस्तान्तरण गर्ने आफ्नो बाचा दोहोराएको छ ।

कूको विरोधमा प्रदर्शन गरिरहेकाहरुले आङ सान सूचीलगायत आफूले चयन गरेका नेताहरुको तत्काल रिहाई गर्न माग गरेका छन् ।

सैन्य कू गरेपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता ब्रिग ज मीन तुनले सेना लामो समयसम्म सत्तामा नरहने स्पष्ट पार्दै योजनाबद्ध रुपमा गरिएको निर्वाचनमा जुन पार्टी विजय हुन्छ, उनीहरुलाई सत्ता हस्तान्तरण गरिने जानकारी दिए ।

यद्यपि, उनले निर्वाचनको मिति भने तोकेनन् ।

मंगलबार आयोजित उक्त पत्रकार सम्मेलनमा मिन तुनले अघिल्लो वर्ष नोभेम्बरको चुनावमा धाँधली भएको कुरा कुनै प्रमाण नदिइकनै दोहोराए ।

आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) भारी मतसहित विजयी भएको थियो । सेनाले चुनावमा धोका भएका कारण नै आफूहरु सैन्य कू गर्न बाध्य भएको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप