सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईका शासककी छोरीलाई बन्धक बनाएको घटनामा नयाँ मोड

बुधबार, ०५ फागुन २०७७, १० : १०
बुधबार, ०५ फागुन २०७७

दुबईका शासककी छोरी राजकुमारी लतिफा अल मकतूमले सन् २०१८ मा देशबाट भाग्ने कोसिस गर्ने क्रममा उनलाई पक्राउ गरिएको थियो ।

त्यसपछि उनले एउटा भिडियो सन्देश आफ्ना साथीलाई पठाएकी थिइन् जसमा उनले आफ्ना पितामाथि आफूलाई बन्धक बनाएको आरोप लगाउँदै आफ्नो ज्यान खतरामा भएको बताएकी थिइन् ।

राजकुमारी लतिफाको यो भिडियो फुटेज बीबीसी प्यानारोमाले पाएको छ जसमा उनले आफू डुङ्गामार्फत् भाग्न खोज्दा आफूलाई पक्राउ गरिएको र उनलाई हिरासत केन्द्रमा लगिएको बताइएको छ ।

अब उनका यस्ता गोप्य सन्देश आउन बन्द भएका छन् र उनका साथीहरुले संयुक्त राष्ट्रसमक्ष यसमा दखल दिन अपिल गरेका छन् ।

दुबई र संयुक्त अरब इमिरेट्स (यूएई) ले राजकुमारी लतिफा परिवारको रेखदेखमा सुरक्षित भएको पहिले पनि बताइसकेको छ ।

संयुक्त राष्ट्रकी पूर्व मानवाधिकार दूत मेरी रोबिनसनले सन् २०१८ मा लतिफासँगको भेटघाटपछि उनलाई तनावमा भएकी एक युवा महिला भनेकी थिइन् तर अब उनले राजकुमारीको परिवारले उनलाई नराम्रोसँग धोका दिएको बताएकी छिन् ।

संयुक्त राष्ट्रकी पूर्व मानवाधिकार उच्चायुक्त तथा आयरल्याण्डकी पूर्व राष्ट्रपति रबिनसनले अन्तर्राष्ट्रिय कारवाहीको माग गर्दै लतिफाको वर्तमान स्थितीबारे पत्ता लगाउन माग गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘मलाई लगातार लतिफाको चिन्ता लागिरहेको छ । स्थिती निकै परिवर्तन भइसकेका छन् अब मलाई लाग्छ कि यसबारे अनुसन्धान हुन आवश्यक छ ।’

लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम संसारका धनाढ्य राष्ट्राध्यक्षमध्ये एक हुन् । उनी दुबईका शासक र यूएईका उप–राष्ट्रपति पनि हुन् ।

लतिफालाई पक्राउ गरेपछि उनलाई दुबई लगिएको थियो तत्पशचात् उनले गोप्य तरिकाले थुप्रै महिनासम्म भिडियो बनाइन् । ती भिडियो उनले आफ्नो बाथरुममा बनाइन् किनभने यहि एउटा ढोका थिए जुन उनले बन्द गर्न सक्थिन् ।

यी भिडियोमा उनले यस्ता कुरा भनिरहेकी छिन्ः

– उनलाई डुङ्गाबाट तान्नुअघि सुरक्षाबलसँग उनको हातपात भयो । उनले इमिरेट्सकै एक जवानलाई खुट्टाले हानिन् र उनले नचिच्याएसम्म टोकिरहिन् ।

– ट्रेन्क्वालाइज्ड (मेसिनले बिजुलीको झट्का दिनु) पछि उनले आफ्नो होस गुमाइन् त्यसपछि उनलाई नीजि विमानबाट दुबई लगियो ।

– उनलाई कुनै स्वास्थ्य वा कानूनी सहायता नदिइकनै घरमा एक्लै राखियो । उक्त घरका झ्याल ढोका सबै बन्द थिए र प्रहरीको पहरा थियो ।


लतिफा पक्राउ परेको र उनलाई हिरासतमा राखिएकोबारे उनका साथी टीना जोहाएनन, मामाका छोरा मार्कस एसाबरी र अभियन्ता डेविड हाएले बीबीसीलाई बताए । यी सबैले निःशुल्क लतिफा अभियान पनि चलाइरहेका छन् ।

उनीहरुले लतिफाको सुरक्षालाई मध्यनजर गर्दै उनको सन्देश सार्वजनिक गर्ने कठिन निर्णय लिएको बताएका छन् ।

यी तीनै व्यक्ति हुन् जसले दबईको एक घरमा बस्दा लतिफासँग सम्पर्क स्थापित गरेका थिए ।

लतिफालाई कहाँ राखिएको थियो बीबीसी प्यानारोमाले स्वतन्त्र रुपमा यसको अनुसन्धान थालेको छ ।

डुङ्गामार्फत् भाग्ने कोसिसः

करिब ३५ वर्षकी लतिफाले पहिलो पटक १६ वर्षको उमेरमा भाग्ने कोसिस गरेकी थिइन् । अन्तिम पटक उनले आफ्नो फिटनेस इन्स्ट्रक्टर जोहाएननको मद्दतले भाग्ने कोसिस गरेकी थिइन् ।

२४ फेब्रअुरी २०१८ मा लतिफा जोहाएनन एक डुङ्गा र जेट स्कीको विषयमा अन्तरराष्ट्रिय जल सीमामा गए जहाँ एक फ्रेन्च व्यापारी हर्व जोबर्ट एक अमेरिकी झण्डा राखिएको डुङ्गामा उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।

आठ दिनको यात्रापछि भारत नजिकै उनीहरुको डुङ्गा समातिएको थियो । जोहाएननका अनुसार अश्रु ग्यासको गोलाका कारण बाथरुममा लुकेकी लतिफा बाहिर निस्किइन् र उनलाई बन्दुक देखाएर पक्राउ गरियो ।

लतिफा दुबई फर्किइन् त्यसपछि उनको कुनै अत्तोपत्तो छैन ।

दुबईमा दुई हप्तासम्म हिरासतमा राखेपछि जोहाएनन र अन्य क्रु सदस्यलाई रिहा गरियो । भारत सरकारले यो पूरा घटनामा आफ्नो भूमिका भएको वा नभएको बारे कहिल्यै कुनै टिप्पणी गरेको छैन ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप