शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारको सेनाले सूकीमाथि लगायो फेरि अर्को आरोप, हिरासतको समय लम्बिने संकेत

मङ्गलबार, ०४ फागुन २०७७, २३ : ४९
मङ्गलबार, ०४ फागुन २०७७

एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सूकीको हिरासतको समयावधि बुधबारसम्म बढाइएको छ । योसँगै उनीमाथि नयाँ आरोप पनि लगाइएको छ । म्यानमारका कानुनविदहरुका अनुसार सूकीमाथि लगाइएको नयाँ आरोपअनुसार उनलाई अनिश्चितकालका लागि हिरासतमा लिने सम्भावना बढेको छ । मंगलबार अदालतमा न्यायाधीशहरुसँगको बैठकपछि सूकीका वकिलले भने, ‘सर्वोच्च नेता सूकी माथि प्राकृतिक आपत व्यवस्थापन ऐनको धारा २५ उल्लंघन गरेको आरोप लगाइएको छ ।

यो कोरोना महामारीका बेला लकडाउन तोड्ने व्यक्तिहरुलाई मुद्धा चलाउन प्रयोग गरिन्छ ।’ म्यानमारमा कोरोना प्रोटोकल उल्लंघन गरेमा अधिकतमा तीन वर्षको सजायको प्रावधान रहेको छ । तर त्यहाँ अहिले सेनाले सजाय संहितामा परिवर्तन गरेको छ । सजाय संहितामा परिवर्तन गरिसकेपछि पुलिसले कसैलाई पनि अदालतको अनुमति बिना अनिश्चितकालम्म हिरासतमा लिन सक्छ ।

यसअघि नेतृ सूकीलाई गैरकानुनी रुपमा वाकीटकी राखेको आरोप लगाइएको थियो । केही हप्ताअघि त्यहाँको सेनाले कू गरेलगत्तै नेतृ सुकी नजरबन्दमा रहेकी छिन् भने अन्य थुप्रै नेता कार्यकर्ताहरुलाई पनि नियन्त्रणमा लिइएको छ । त्यस्तै आइतबार र सोमबार फेरि त्यहाँ इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको छ । म्यानमारमा पछिल्ला दिन सैनिक ‘कु’ विरुद्ध प्रदर्शन जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप