सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक लाख १८ हजार बढीको मृत्यु

मङ्गलबार, ०४ फागुन २०७७, २२ : ५५
मङ्गलबार, ०४ फागुन २०७७

नरेन्द्र बस्नेत 

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७९९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन करिब पाँच महिनायताकै कम  २३० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरु ले जानकारी दिएको थियो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार १९५ पुगेको छ ।  

त्यस्तै बितेको २४ घन्टामा थप दश हजार ६२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या ४० लाख ५८ हजार ४६८ पुगेको छ । यसैगरी बेलायतका अस्पतालमा हाल २१ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये दुई हजार आठ सय जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

१ करोड ५५ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ५५ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरिसम्मा १।५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।

मंगलबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ५५ लाख ७६ हजार १०७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी पाँच लाख ४६ हजार १६५ जनाले खोपको दोस्रो दिज समेत लिइसकेका छन् ।

सोमबारबाट  बेलायतमा ६५ वर्षदेखि ६९ वर्षाबीचका उमेर भएकालाई खोप वितरण गरिँदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतकालाई  प्राथामिकतामा नै राखिएको छ ।

बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ । एक व्यक्तिको लागि दुई डोज लगाइने उक्त खोपलाई तीन देखि चार हप्ताको फरकमा लगाइने भनिएपनि बेलायत सरकारले १२ हप्तासम्मको फरकमा लगाउने तयारी गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप