टोकियो ओलम्पिकः नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण
मङ्गलबार, ०४ फागुन २०७७, २२ : ४६
![टोकियो ओलम्पिकः नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण](https://rpcdn.ratopati.com/media/albums/tokyo_olympic_xCgbAGaAQo.jpeg)
एजेन्सी । टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।
मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उनले गत हप्ता राजिनामा दिएका थिए । खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, “नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान