बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

मङ्गलबार, ०४ फागुन २०७७, २२ : ३२
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । काँग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, काँग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते हुनुभएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप