शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएई र तीन लाख दिर्हामको यथार्थता

मङ्गलबार, ०४ फागुन २०७७, १९ : ३१
मङ्गलबार, ०४ फागुन २०७७

यूएई । विश्व कोरोना (कोभिड १९) महामारीको चपेटामा परिरहेको बेला यूएई पनि अछुतो रहेन । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मानिने मध्यपूर्वको विकसित मुलुक यूएईमा कोरोनाका कारण हजारौ नेपाली प्रभावित भए ।

नेपाली राजदूतावास आबुधावीको गत वर्षको तथ्याङ्क अनुसार यूएई करिब २ लाख ७५ हजार नेपालीहरु कार्यरत छन् । जस मध्ये धेरै नेपालीहरु  कोरोनाबाट प्रभावित भए । धेरैले रोजगारी गुमाए । ७० हजारभन्दा बढी नेपालीहरु नेपाल फर्किए । कोरोनाको कारण प्रभावित भएका हजारौँ नेपालीलाई एनआरएनए र विभिन्न सामाजिक संघसस्थाले खाध्यान तथा आर्थिक सहयोग गरी नेपाल फर्काएका उदाहरणहरु प्रशस्तै छन् । विश्वभरीका नेपालीहरुले एनआरएन यूएईको मुक्तकण्ठले प्रशंसा पनि गरे ।

यस् बिचमा विभिन्न आरोप खेप्दै आएको एनआरएनए एनसीसी यूएई अहिले फेरि अर्को चर्को बिबादमा फसेको छ । कहिले दर्तावला संस्था एनए र एनआरएनएको विवाद त कहिले आर्थिक रकम हिनामिना गरेको आरोप त कहिले भिजिट भिषामा यूएई ल्याई अलपत्र पार्ने दलालहरुलाई संरक्षण दिएको आरोप खेपिरहेको गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएई पछिल्लो समय आर्थिक हिनामिना गरेको भन्दै यूएईमा रहेका नेपाली कामदारहरुले आक्रोश पोखेका छन् ।

गैर आवासीय नेपाली संघले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) को सहयोगमा यूएई लगायत मध्यपूर्बका अन्य मुलुकहरु र मलेशियामा कोरोनाका कारण समस्यामा परेका नेपाली कामदारहरुको सहयोग र उद्वारको लागि ५ करोड रकम सम्झौता गरेको थियो ।

जुन रकम मध्ये यूएईको लागि ८० हजार डलर अर्थात करिब तीन लाख दिर्हाम (९० लाख रुपैयाँ) छुट्ट्याईएको थियो । कोरोनाको उच्च जोखिमको समयमा आर्थिक गर्जो टारिसकेको एनआरएनए एनसीसी यूएईले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) को ठुलो रकम यूएई सरकारको कानुन विपरीत हुने भन्दै कार्यन्वयन नगर्ने मौखिक निर्णय गर्यो ।

तर संस्थामा कतिपय पदाधिकारी भन्छन्स् उक्त रकम एनए र एनआरएनए यूएईको बिवादका कारण रोकिएको हो । एनआरएनए एनसीसी यूएईको अध्यक्ष प्रकाश कोईरला सहितको कार्यसमितिलाई मध्यपुर्व उपसंयोजक, आईसीसी सदस्य लगायत अन्य राजनैतिक भातृ संगठनका प्रमुखहरुले उक्त सहयोग रकम प्रयोग नगर्न सुझाब समेत दिएको थियो ।

तर गत अक्टोबरमा वर्षे विदामा नेपाल फर्किएका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरलाले एकल निर्णयमा उक्त रकम यूएईमा रहेका पिडीत नेपालीलाई खर्च गर्ने गरी अन्तरास्ट्रिय समन्वय समिती (आईसीसी) सँग नेपालमा सम्झौता गरेका थिए ।

सम्झौता पश्चात् गैर आवासीय नेपाली संघ एनआरएनएले प्रकाश कोईरला लगायत अन्य खाडीमा रहेका एनसीसी अध्यक्षको नाममा प्रतिव्यक्ती ६ हजार डलर वितरण गरिएको थियो ।

नाम नखुलाउने शर्तमा दोस्रो किस्ता १४ हजार डलर पनि निकासा भएको एनआरएनए यूएईका पुर्व एक सदस्यले बताए । तर उक्त रकम यही सम्झौता अन्तर्गत भएको नभएको यकिन भएको छैन ।

अहिले अध्यक्षको एकल निर्णय प्रति रुष्ट कार्यसमितिका अन्य पदाधिकारीहरुले सार्वजनिक रुपमै उक्त कार्यको घोर निन्दा गरेका छन् । 

उनीहरुले अध्यक्षको एकल र व्यक्तिगत निर्णयमा भएको यो बिषयमा आफुहरु केही बोल्न नसक्ने बताउँदै आएका छन् । सामाजिक सँजाल प्रयोगकर्ताहरुले ३ लाख दिर्हाम भने पनि वास्तविकता कती हो भन्ने बारे कोही पनि जानकार छैनन् ।

एनआरएनए एनसीसीका उपाध्यक्ष पाशाङ शेर्पाले यूएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई खाध्यान्न र नेपाल फिर्तीको हवाई टिकट दिने काम जारी रहेको बताए । एनआरएनए, एनसीसी यूएईसँग रकम नभएको तर आवस्यक सबै खर्च आईसिसी मार्फत नेपालमा नै मिलाएको बताएका छन् ।

सामाजिक संजालमा रकम हिनामिनाको विषय बाहिर छताछुल्ल भएको एक हप्ता वितिसक्दा पनि एनआरएनए एनसीसी यूएईले कुनै प्रतिक्रिया जनाएको छैन ।यस् बिषयमा अध्यक्ष प्रकाश कोइरालासँग संपर्क गर्दा उनी आफु अस्वस्थ्य रहेकोले बोल्न नचाहेको बताए । उनले एनसीसीको आगामी बैठकमा यो बिषयमा छलफल गरिने समेत बताए ।

साउदीअरबमा रहेका मध्यपूर्ब सहसँयोजक राजेन्द्र अर्याल (जोन) ले आफुलाई यसबारे जानकारी नभएको भन्दै एनसीसी अध्यक्ष मार्फत जानकारी लिन सुझाब दिए ।
गैर आवासीय नेपाली संघ,मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले भने मध्यपुर्बमा रहेको एनआरएनए एनसीसी युएई,साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एसियाको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमजिबी कामदारहरुको उद्वारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) बाट कुनै रकम प्राप्त भएको बारे जानकारी नभएको बताए । उनले एनआरएनए एनसीसी यूएईलाई केकति रकम आएको बारे आफुलाई कुनै जानकारी नभएको भन्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) को कुनै पनि कमिटीमा आफु नरहेको र गैर आवासीय नेपाली संघ एनसीसीको तर्फबाट अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) सम्बन्धी कुनै पनि जिम्मेवारी नलिएको जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) बाट प्राप्त भएको सहयोग रकम हिनामिना भएको भनी विभिन्न सामाजिक सँजालमा आइरहेकोले आर्थिक अनियमिता,अपारदर्शी र भ्रष्टाचार जस्तो गम्भीर आरोप लागेका एनसीसीहरुलाई निश्पक्ष ढंगले छानबिन गरी दोशी उपर कडा भन्दा कडा कारबाही गर्न गोर्खालीले जोडदार माग गरेका छन् ।

कतिपयले यसलाई राजनैतीकरण गर्न खोजिएको समेत आशँका गरेका छन् । आईसीसीको अधिबेशन नजिकैदै गर्दा यो गतिलो मुद्दा बन्न सक्ने भएकोले बिपक्षीहरुले उचालेको हुनसक्ने उनिहरुको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप