शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’

मङ्गलबार, ०४ फागुन २०७७, १८ : ४८
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौँं । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको हो ।

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत १२ वर्ष अगाडि फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो भने चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी थिइन् ।  यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन भिडियोमा रहेको छ । 

कार्यक्रममा विशिष्ट कलाकार हरिवंश आचार्य प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा हरिवंशले गीत र भिडियो दर्शकले रुचाउने बताए । सोही अवसरमा हरिवंश  सम्मानित समेत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप