सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ
मङ्गलबार, ०४ फागुन २०७७, १८ : ३८

काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् ।
म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै शवहरुको व्यवस्थापन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
-
तीव्र बन्यो युक्रेनमा युद्धविरामको प्रयास, लन्डनमा भेट्दैछन् युरोपेली नेताहरू
-
माओवादीले बोलायो संसदीय दलको बैठक