बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व सभापति शाहीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

मङ्गलबार, ०४ फागुन २०७७, १७ : २४
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले दैलेखका पूर्वपार्टी सभापति नन्दबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देउवाको भनाइ उद्दृत गर्दै विज्ञप्तिका भनिएको छ, ‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।’

फागुन ३ गते ५ः३० बजे ७५ वर्षको उम्मेरमा शोही निधन भएको थियो । दैलेख भैरवी गाउँपालिका वडा नं. ४ निवासी स्वर्गीय शाही २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति भएका थिए । उनी २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्व उपाध्यक्ष पनि भएका थिए ।

स्वर्गीय शाहीले नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप