भारतको खोप कुटनीति- कुल निर्यातको ३७ प्रतिशत अनुदानमा
एजेन्सी । भारतले कुल निर्यातको ३७ प्रतिशत खोप मित्र राष्ट्रहरुलाई अनुदानस्वरुप दिएको छ । मध्य जनवरीदेखि फेब्रुअरीको दोस्रो सातासम्म १ करोड ६० लाख डोज खोप भारतले झन्डै २० वटा देशहरुमा निर्यात गरेको छ । त्यसमध्ये झन्डै ६२ लाख ७० हजार डोज अर्थात् कुल निर्यातको ३७ प्रतिशत मित्रराष्ट्रहरुलाई अनुदानमा दिइएको छ ।
अफ्रिकी र अमेरिकी देशहरुमा पनि भारतबाट खोप निर्यात भइरहेको छ । भारतको केन्द्रीय स्वास्थ मन्त्रालयको तथ्याङ्कअनुसार युएई, दक्षिण अफ्रिका, ब्राजिल, मोरक्को, बंगलादेश, अल्जेरिया र कुवेतमा भारतले निर्यात गरेको ६३ प्रतिशत खोपको पैसा आउँछ । यी देशहरुमा १ करोडभन्दा धेरै डोज २५ जनवरीदेखि २ फेब्रुअरीसम्म निर्यात भएको छ ।
बंगलादेशले झन्डै ५० लाख खोप भारतसँग किनेको छ । त्यस्तै ब्राजिल र मोरक्कोले २०–२० लाख डोज किनेका छन् । दक्षिण अफ्रिकाले १० लाख डोज र युएईले २ लाख डोज, इजिप्ट र अल्जेरियाले क्रमश ५०–५० हजार डोज खोप भारतसँग किनेका छन् ।
अनुदानमा सबैभन्दा धेरै खोप पाउने देशको सूचीमा पनि बंगलादेश पहिलो छ । भारतसँग ५० लाख डोज खोप किनेको बंगलादेशले २० लाख डोज खोप भने अनुदानमा पाएको छ । त्यसैगरी, म्यान्मारले १५ लाख डोज, नेपालले १० लाख डोज, श्रीलंका र अफगानिस्तानले ५–५ लाख डोज, भूटानले १ लाख ५० हजार डोज खोप अनुदानमा पाएका छन् ।
मरिसियस, बहराइन, ओमान र बर्बाडोसमा भारतले १ लाख डोज खोप अनुदानमा पठाएको छ । त्यस्तै, डोमिनिकामा ७० हजार र सेचेल्लेसमा ५० हजार डोज अनुदान पठाएको छ । भारतमा सोमबारसम्म ८५ लाख स्वास्थकर्मी र फ्रन्टलाईन वकर्सहरुले खोपको पहिलो डोज लगाइसकेका छन् ।
यसमध्ये ९८ हजार १ सय १८ जनाले दोस्रो डोज समेत लगाइसकेका छन् । भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र फ्रन्टलाईन वर्कर्सलाई खोप लगाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
तस्बिरमा हेर्नुहोस् सिन्दूर खेलेर मनाइने सुथसिया जात्राको रौनक
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो