शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेटमा इङल्यान्डविरुद्ध भारतको अहिलेसम्मकै ठूलो जीत

मङ्गलबार, ०४ फागुन २०७७, १४ : ५३
मङ्गलबार, ०४ फागुन २०७७

एजेन्सी । भारतले दोस्रो टेस्टमा इङल्यान्डलाई ३ सय १७ रनले हराएको छ । भारतले आफ्नोे ८९ वर्षे इतिहासमा इङल्यान्डविरुद्ध सर्वाधिक रनको अन्तरले खेल जितेर नयाँ इतिहास कायम गरेको हो । यसअघि भारतले इङल्यान्डलाई १९८६ मा लिड्समा २ सय ७९ रनले हराएको थियो । यस जितसँगै भारतले टेस्ट शृंखलामा १–१ को बराबरी गरेको छ । आगामी टेस्ट २४ फेब्रुअरीमा अहमदाबादको मोटेरा स्टेडियममा हुनेछ ।

भारतले पहिलो इनिङग्स्मा ३ सय २९ रन र दोस्रो इनिङग्स्मा २ सय ८६ रन बनाएको थियो । पहिलो इनिङग्स्मा १ सय ३४ रनमा समेटिएको इङल्यान्ड र दोस्रो इनिङ्ग्समा १ सय ६४ रनमै अलआउट भयो ।  भारतबाट दोस्रो इनिङ्ग्समा अक्षर पटेलले ५ विकेट लिए, डेब्यु टेस्टमा ५ विकेट लिने उनी छैटौं बलर हुन् ।

त्यसैगरी, दोस्रो इनिङ्ग्समा भारतबाट रविचन्द्र अश्विनले ३ र कुलदीप यादवले २ विकेट लिए ।  इङल्यान्डबाट दोस्रो इनिङग्स्मा मोइन अलीले सबैभन्दा धेरै ४३ रन र कप्तान जो रुटले ३३ रन बनाए । इंलिस टिमका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप