अण्डाबाट पाइन्छ बेदाग, चम्किलो र मुलायम अनुहारः यसरी बनाउनुहोस् फेसप्याक

person explore access_timeफागुन ४, २०७७ chat_bubble_outline0

अण्डा तपाईंको शरीरका लागि मात्रै नभई तपाईंको छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ । अण्डाको सेतो भागले कसरी फाइदा पुर्याउँछ र यसको फेस प्याक कसरी बनाउन सकिन्छ भनेर जानकारी दिँदै छौं ।

एन्टि एजिङ फेस प्याकः

अण्डाको सेता भागको प्रयोग एन्टी एजिङ ट्रिटमेन्टको रुपमा पनि गर्न सकिन्छ । यसका लागि अण्डाको सेतो भाग लिनुहोस् । पहिलो कोट छालामा लगाइसकेपछि माथिबाट टिस्यू पेपर टाँस्नुहोस् र पुनः अण्डाको दोस्रो कोट लगाउनुहोस् । यो कक्रक्क भएपछि सफा पानीले धुनुहोस् । यसले छाला कसिलो बनाउनुका साथै चाउरी पनि हटाउँछ ।

बेदाग छालाका लागि फेस प्याकः

अनुहारको दाग धब्बा हटाउनका लागि एक चम्चा अण्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा कर्न स्टार्च मिसाउनुहोस् । यसले तपाईंको अनुहारबाट ब्ल्याकहेड्स हटाउनुका साथै दाग धब्बा पनि टाढा राख्छ । यदि तपाईंमा छाला चिल्लो छ भने यसमा एक चम्चा कागतीको रस र मह पनि मिसाउन सक्नुहुन्छ । यसले अनुहारको फोहोर हटाउँछ र अनुहार सफा देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।