दोस्रो पटक दुलही बन्दा यस्ती देखिइन् दिया मिर्जा
नायिका दिया मिर्जाले १५ फेब्रुअरी (सोमबार) वैभव रेखीसँग विवाह गरेकी छिन् । विवाहपछि दुलहीको पहिरनमा उनको तस्बिर सार्वजनिक भएको छ । रातो रङको बनारसी साडीमा दिया निकै सुन्दर देखिएकी छिन् ।
दिया रातो सारीमा सजिँदा उनका श्रीमान् वैभव भने सेतो सेरवानीमा देखिए ।
यी दुईले विवाह पछि तस्बिर खिच्नका लागि आतुर भएका क्यामरापर्सनलाई भेटे, मिठाइ दिए र कुराकानीसमेत गरे ।
दियाले निकै साधारण तरिकाले विवाह गरेकी छिन् । रिपोर्टका अनुसार उनीहरुको विवाहमा नजिकका आफन्त र साथीभाइको मात्रै उपस्थिती रहेको थियो ।
दियाले विवाह अघिका फोटो पनि सेयर गरेकी छिन् । एउटा तस्बिरमा उनको हातमा मेहेन्दी देखिएको छ जसमा उनको ब्राइडल सावर गरिएको छ ।
विवाहमा दियाकी साथी तथा नायिका अदिती राव हैदरीको पनि उपस्थिती छ । उनले दुलहाको जुत्तासहित तस्बिर सेयर गरेकी थिइन् ।
स्मरण रहोस्, दिया र वैभव दुबैको यो दोस्रो विवाह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण