शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा पूर्वी लद्दाखमा बनेको आफ्नो हेलिप्याड नष्ट

मङ्गलबार, ०४ फागुन २०७७, ०९ : २९
मङ्गलबार, ०४ फागुन २०७७

पूर्वी लद्दाखमा भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखा नजिकै फिंगर फाइभमा बनाएको आफ्नो हेलिप्याड र अस्थाई जेटीलाई चीनले नष्ट गरेको छ ।

पत्रिका टाइम्स अफ इन्डियामा छापिएको एक खबरका अनुसार अघिल्लो वर्ष भारत र चीनबीच तनाव बढेपछि चीनले पेन्गोङ्ग त्यो तालको उत्तरी किनारा नजिकै फिंगर फाइभमा हेलिप्याड र अस्थायी जेटी बनाएको थियो ।

तर अब सेनाको डिसइन्गेजमेन्टको प्रक्रियाको आधारमा चीनले यी ढाँचालाई नष्ट गरिरहेको छ ।

पछिल्ला दिनमा यी दुई देशबीच फेब्रुअरी १० देखि पेन्गोङ्ग त्योमा डिसइन्गेजमेन्ट प्रक्रिया सुरु गर्नेबारे सहमति स्थापित गरिएको थियो । यस अनुसार दुबै पक्षले अघिल्लो वर्ष अप्रिल पछि लाइन अफ एक्चुअल कन्ट्रोल नजिकै फिंगर एरियामा बनाइएको सबै ढाँचालाई नष्ट गर्नुपर्ने र सेना आफ्नो पुरानो पोजिसनमा फर्कनुपर्ने थियो ।

पत्रिकाका अनुसार डिसइन्गेजमेन्ट प्रक्रियाका अनुसार चिनियाँ सेना पेन्गोङ्ग त्सोको उत्तरमा रहेको फिंगर ८ बाट पूर्वतफए श्रीजप प्लेनतर्फ फर्किरहेको छ जबकी भारतीय सैनिकले पश्चिमतर्फ फिंगर २ र फिंगर थ्रीबीच रहेको धन सिंह थापा पोस्टतर्फ फर्किरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप