भागरथी हत्याकाण्ड : ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’

बैतडी । बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन्।
त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ काटेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो।
भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे।
त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल काटेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे।
भानदेवलाई त्यसै दिनको पछुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने। यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो। लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन्। तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ