म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा
एजेन्सी । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् ।
सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ । सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।
प्रतिक्रियावरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् । “हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन् तर हामी हरेक रात आफ्नो निगरानी जारी राख्नेछौं,” याङ्गोनका सडकमा गस्तीमा खटिएका एक यूवा म्यो को कोले एएफपीलाई बताए । “हामी कसैलाई पनि विनाकारण पक्राउ गर्न दिनेछैनौ ।”
जुन्ता समूहले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको सामाजिक सञ्जालहरूमा फैलिएको हल्लापछि प्रजातन्त्र पक्षधर अभियन्ताहरू गस्तीमा निस्केका एनएलडीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार टिकोस्, दिगो रहोस्, हाम्रो त कामना छ’
-
कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गरौँ : कोइराला
-
चिनियाँ टोली १० दिने कोशी भ्रमणमा, जलस्रोत र पर्यटनको सम्भावना हेर्दै किमाथाङ्का पुग्ने
-
सिन्धुपाल्चोकमा बस दुर्घटना
-
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
-
माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी