प्रधानमन्त्रीले मैदान बाहिरबाट गोल हान्न खोजे: अधिवक्ता भट्टराई
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्धामा सोमबार अधिवक्ता टिकाराम भट्टराईले जवाफी बहस गरेका छन् । रिट, निवेदकका तर्फबाट भट्टराई सहित ११ जना वकिलले विपक्षीले उठाएको प्रश्नको जवाफ दिएका छन् ।
भट्टराईले न्यायालयले संविधान भ्याकुममा जान्छ भनेर परिकल्पना गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई ‘फुटवल खेल’सँग तुलना गर्दै भट्टराईले भने–‘ग्राउन्ड बाहिर गएर फुटबल खेल्नुभएन ।’
प्रधानमन्त्रीले मैदान बाहिरबाट गोल गर्न खोजेको तर्क गर्दै अधिवक्ता भट्टराईले इजलासमा भने–‘मैदान बाहिरबाट गोल गरेको अर्थ छैन भनेर अदालतले भन्नुपर्छ ।’
शेर बहादुर देउवाले गरेको विघटनको मुद्दामा ‘संकटकालमा पनि निर्वाचन हुन्छ’ भनेर अदालतले आदेश गरेको तर, निर्वाचन हुन नसकेको उनले बताए । भट्टराइले भने–‘अदालतले आदेश गर्दा पनि निर्वाचन हुन नसकेको अवस्था छ ।’
संविधान पुनर्स्थापना नभएमा र निर्वाचन समेत नहुने अवस्था आएमा संविधानको भविष्य नै जोखिममा पर्ने भट्टराईले जिकिर गरे । संविधानलाई भ्याकुममा जानबाट रोक्न प्रतिनिधिसभा पुन:स्थापनाको विकल्प नभएको भट्टराइले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?