शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेखर कोइरालाको आक्रोश : के ओली महाराजा बन्न लालायित भएका हुन् ?

सोमबार, ०३ फागुन २०७७, २१ : ०८
सोमबार, ०३ फागुन २०७७

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न खोजेको हो भनि प्रश्न गरेका छन् । ओलीको पछिल्लो क्रियाकलापले प्रश्न गर्ने ठाउँहरु रहेको उनको भनाइ छ । 
सरकारको असंवैधानिक कदमका विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभामा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? के महाराजा बन्न लालायित भएको हुन् ?’

 ‘राजाहरुले झैं ओलीले ‘म जे भन्छु त्यही कानुन हो भन्न खोजेको हो ?’ आक्रोशित मुद्रामा डा कोइरालाले थप प्रश्न गरे । 

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भूमिका निर्वाह गरिहेको पनि उनले आरोप लगाए । जसका कारण मुलुक बर्बादीतर्फ लागेको उनको जिकिर छ । 
उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउन परेको पनि बताए।

कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायाधीश हरुलाई दबाब अथवा आग्रह नगरेको समेत सो क्रममा बताए।
‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विस्वस्त छौं’, उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप