शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सुशान्तको सम्झना गर्दै बहिनी श्वेताले गरिन् भावुक पोष्ट,लेखिन्- ‘कहाँ गयौ बेबी ? फर्किएर आउ’

सोमबार, ०३ फागुन २०७७, १९ : ३३
सोमबार, ०३ फागुन २०७७

मुम्बई । अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको हिजो अर्थात १४ फेब्रुअरीबाट ८ महिना पुरा भएको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् । सुशान्तकी बहिनी श्वेतासिंह कीर्तिले  सामाजिक सञ्जालमा पोस्टमार्फत उनको याद गरिरहने गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै एमोशनल म्यासेज लेखेकी छिन् ।

श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर  गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लिज फर्किएर आउ ।’ 
फ्यानले समेत उनले पोष्ट गरेको सुशान्तको तस्बिरमा प्रेम बसाइरहेका छन् । 

सुशान्त १४ जुन २०२० मा बान्द्रास्थित फ्लाइटमा मृत भेटिएका थिए । सीबीआईले यो विषयमा जाँच गरिहेको छ । यसको अलवा एनसीबी र ईडीले पनि यो बिषयमा जाँच गरिरहेको छ । तर अहिलेसम्म यो केस सुल्झिएको छैन । सुशान्तका परिवार र फ्यान अहिले पनि न्यायको बाटो हेरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप