शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

सोमबार, ०३ फागुन २०७७, १९ : २५
सोमबार, ०३ फागुन २०७७

कञ्चनपुर । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।

संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ । विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने जनाइएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ति सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए । सम्झौतापत्रका अनुसार भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १६ सय मिटरसम्म बस्तार गरिने भएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप