निर्वाचन आयोगको कामप्रति देउवाको आशंकाः ओलीसँग साँठगाँठ हुनसक्छ
बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् । रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका व्यक्त गरेका हुन् ।
निर्वाचन आयोगलाई काम गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको साँठगाँठमा कार्यतालिका ल्याउन ढिलाई गरिएको हुनसक्ने आशंका व्यक्त गरे । संसद विघटन गरेको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने बताउँदै देउवाले निर्वाचन आयोग नै अदालतको निर्णय कुरेर बसेको भन्दै आलोचना गरे ।
उनले भने, ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिन भनेर । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ, महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’
उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्नेमा जोड दिए । ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ । निर्वाचन आयोगको पनि त्यही काम हो ।’ उनले सबै पार्टीलाई बोलाएर चुनावी कार्यक्रम दिन नसकेको भन्दै आयोगको आलोचना गरे । उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ?अदालतको निर्णय पर्खने काम आयोगको होइन । अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो ।’
देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताए । उनले भने, ‘ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन् । कुर्सीका लागि उनीहरुबीच झगडा भइरहेको छ ।’ कार्यक्रममा बोल्दै काँग्रेस नेता बालकृष्ण खाणले सरकारले एकपछि अर्को गल्ती जाँदा जनतामा चरम निराशा छाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप