सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

श्वेता पम्प निगमको कारबाहीमा

सोमबार, ०३ फागुन २०७७, १८ : ३५
सोमबार, ०३ फागुन २०७७

काठमाडौं । अबैध रुपमा पेट्रोलियम पदार्थ भारत निकासीमा सहयोग गर्ने श्री श्वेता आयाल सेन्टर आयाल निगमको कारबाहीमा परेको छ । अनाधिकृत रुपमा ट्याङ्करको चेम्बर र फ्यूल ट्याक्कीमा डिजेल राखी भारत निकासी गर्न सहयोग गरेको भन्दै निगमले उक्त पम्पमाथि कारबाही गरेको हो ।

गत आइतबार राती श्री श्वेता आयल सेन्टर जगरनाथपुर, पर्साबाट १३६० लिटर डिजेल भरेर भारत तर्फ जाँदै गरेको ना ७ ख १५११ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्याङ्कले अबैध रुपमा पेट्रोलियम पदार्थको चोरी निकासी गर्ने उद्देश्यले भारत तर्फ जाँदै गरेको भन्दै पर्सा प्रहरी कार्यालयले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ । सो घटना थाहा पाउने वित्तिकै आयाल निगमले समेत उक्त डिजेल पठाउन सहयोग गर्ने श्री श्वेता पम्पलाई सिल गरी कारवाही प्रक्रिया अघि बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

उक्त घटनामा संलग्न पम्मलाई र चोरी निकासीमा संलग्न टयाङ्करलाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) अनुसार कारबाही गरिने उपाध्यायले बताए ।  अबैध चोरी निकासीमा संलग्न उक्त ट्याङ्कर निगमको पेट्रोलियम पदार्थ ढुवानी सम्झौता बमोजिम पेट्रोलियम पदार्थ ढुवानीकर्ता जय गौरीशंकर ढुवानी सेवा प्रालिको रहेको पाइएको निगमले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप