बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोशी नदीमा वेपत्ता सहचालकको शव फेला

सोमबार, ०३ फागुन २०७७, १८ : २९
सोमबार, ०३ फागुन २०७७

दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव फेला परेको छ । सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने खड्का माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।  

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोली परिचालन भएको थियो । उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा  डुबेको अवस्थामा फेला पारेको हो । एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप