६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै महालक्ष्मी लाईभ इन्स्योरेन्स
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको र अब छिट्टै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । आईपीओका लागि केहि दिन भित्रै नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ ।
सोमबार बसेको इन्स्योेरेन्सको साधारणसभाले वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको छ । सोही अवसरमा उक्त सभाले संस्थाको आगामी चार वर्षका लागि सञ्चालक समिति समेत चयन गरेको छ ।
नयाँ सञ्चालक समितिमा मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध चयन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख