बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के हो लामो जीवनको राज ? ६ कुरालाई ध्यान दिँदा बढ्न सक्छ आयू

सोमबार, ०३ फागुन २०७७, १६ : १६
सोमबार, ०३ फागुन २०७७

लामो उमेर पाउनु कुनै ठूलो रहस्य होइन । प्रतिबद्धताका साथ विशेष रुपमा केही कुरामा ध्यान दिए जीवन रेखा बढाउन सकिन्छ । रिजेजेरिटिव मेडिसिनका विज्ञ डा. आमेर खानले एक्सप्रेस डट को डट यूकेसँगको कुराकानीमा भने, ‘एउटा साधारण डायट्री ट्रिकले मानिसको जीवनलाई लामो बनाउन सक्छ ।’ यसका  लागि उनले ६ कुरामा ध्यान दिन सल्लाह दिए ।

माछा–मासुः

डा. खानका अनुसार माछा खाने व्यक्तिले आफूले खाइरहेको मासु ‘हेल्दी लाइभस्टक सोर्स’ बाट प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्छ । उदाहरणका लाथि प्राकृतिक नदी  वा समुद्रमा पाउने माछाको मासु बढी स्वस्थकर हुन्छ ।

माछा–मासुको सेवन गर्ने बेला त्यसको परिमाणमा पनि ध्यान दिनुहोस् । असाध्यै धेरै माछा मासु नखानुहोस् र स्वास्थ्य विज्ञले बताएको निर्देशनको पालना गर्नुहोस् । विशेषज्ञका अनुसार हामीले हाम्रो हत्केलाको आकार भन्दा ठूलो मासुको टुक्रा खानुहुँदैन ।

कार्ब्सको शुद्ध रुपः

Low GI युक्त कार्बोहाइड्रेट हाम्रो स्वास्थ्यका लागि हाई जीआईयुक्त कार्ब्सभन्दा राम्रो हुन्छ । जिआई कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थका लागि एउटा रेटिङ सिस्टम हो जसले एउटा खानाले कति तीब्र गतिमा तपाईंको ब्लड सुगर (ग्लूकोज) स्तरलाई प्रभावित गर्छ भनेर बताउँछ । डा. खानका अनुसार अनप्रोसेस्ड कार्बोहाइड्रेट दिगो स्वास्थ्यका लागि आवश्यक छ । यसका लागि तपाईं विभिन्न रङका सागसब्जीको प्रयोग गर्न सक्नुहुन्छ ।

क्यालोरी इनटेकः

डा. खानले भने, ‘जनावरमाथि आधारित एक शोधका अनुसार क्यालोरी इनटेकमा १०–५० प्रतिशतको कमीले उमेर बढाउन मद्दत गर्न सक्छ । मानिसमाथि गरिएको एक अनुसन्धानका अनुसार लो क्यालोरी इनटेकले मानिसहरुमा रोगको खतरा कम रहन्छ भने उनीहरुको उमेर पनि लामो हुन्छ । क्यालोरीमा कटौती गर्दा मोटोपना र पेटको बोसोको समस्या कम हुन्छ ।’

मसाला र जडीबुटीः

डा. खानका अनुसार मसाला र जडीबुटीले हाम्रो खानाको स्वाद मात्रै होइन यसले हाम्रो स्वास्थ्यमा पनि ठूलो फाइदा पुर्याउँछ । यस्ता जडीबुटी परापूर्व कालदेखि विभिन्न प्रकारको रोगबाट बच्नका लागि औषधीको रुपमा प्रयोग गर्दै आएको छ । साथै, हामीले खानामा नुनको मात्रा पनि सन्तुलित गर्नुपर्छ ।

क्याल्सियम र म्यागनेसियमः

हाम्रो हड्डी बलियो बनाउनका लागि क्याल्सियम अत्यावश्यक हुन्छ । केही अनुसन्धानमा यसले क्यान्सर, मधुमेह र मुटुसँग सम्बन्धित खतरा पनि कम हुने बताएको छ । यसले हाम्रो रक्तचापलाई नियन्त्रण गर्न पनि मद्दत पुर्याउँछ । शरीरमा क्याल्सियमको अवशोषणका लागि म्याग्नेसियम अत्यावश्यक छ । गेडागुडी, तिल, हरियो पत्तेदार सागसब्जी, केरा, ब्रोकली र बदाम यी दुबैको राम्रो स्रोत मानिन्छ ।

भिटामिन बी१२ः

भिटामिन बी१२ले हाम्रो शरीरको ऊर्जाको स्तर बढाउनुका साथै न्यूरोलोजिकल प्रोटेक्सन पनि प्रदान गर्छ । केही अनुसन्धानमा पत्ता लागे अनुसार भिटामिन बी १२ को कमीले डिमेन्शिया र अल्जाइमरजस्ता रोगको खतरा बढ्ने सम्भावना अत्यधिक रहन्छ । हेल्दी रेड ब्लड सेल्सको उत्पादन, कार्डियोभास्कुलर, पाचन तन्त्रका साथै क्यान्सरजस्ता भयानक रोगबाट पनि यसले बचाउँछ ।

पहिला गरिएका शोधले के भन्छ ?

केही समय अघि नेशनल इन्स्टिच्युट फर हेल्थ रिसर्चका अनुसन्धाताले एक अनुसन्धानमा मानिसको बीएमआई (बडी मास इन्डेक्स) ले पनि आयुको मामिलामा अत्यधिक महत्व राख्ने दाबी गरेका छन् । अनुसन्धानमा पत्ता लागे अनुसार हल्का हिँड्ने मानिसलाई मुटु रोग हुने सम्भावना अत्यधिक रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप