शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट बेलायतमा प्रवेश गर्नेले ‘होटेल क्वारेन्टिन’ बस्नुपर्ने

सोमबार, ०३ फागुन २०७७, १५ : १९
सोमबार, ०३ फागुन २०७७

लन्डन । आज सोमबारबाट बेलायत प्रवेश गर्ने सम्पूर्ण ब्रिटिस र आइरिस सिटिजन्स तथा यूके रेसिडेन्टस्हरुले अनिवार्य ‘होटल क्वारेन्टिन’ बस्नुपर्ने भएको छ ।

कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका विश्वका ३३ वटा 'रेड लिष्ट' मुलुकबाट आउने यात्रुहरुको लागि बेलायतमा आजबाट अनिवार्य ‘होटेल क्वारेन्टिन’ को नियम लागू भएको हो  । नयां भेरिएन्ट संक्रमण नियन्त्रणका लागि केहि साउथ अमेरिकन र नयां भाइरस देखा परेका  मुलुकहरुपोर्चुगल,ब्राजिल तथा साउथ अफ्रिकालगायतका मुलुकबाट आउनेहरुका लागि उक्त नयां नियम लागू गरिएको हो ।

उक्त मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म  अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । यस रकमले होटल बसाइको खर्च,यातायात र कोरोना परीक्षणलाई समेट्नेछ ।

यदि १२ वर्षमाथिका मानिस साथमा भए एकजनाको ६५० पाउण्ड र ५ देखि १२ वर्षबीचको उमेरका लागि एकजनाको ३२५ पाउण्ड थप रकम तिर्नुपर्नेछ  । अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन ।

सोहि होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा कडा  जरिवाना पनि घोषणा भइसकेको छ ।

बेलायत उत्रिएपछि यहाँको विमानस्थलमा भर्नुपर्ने ‘पेसेन्जर लोकेटर’ फारममा आफू कुन मुलुकबाट आएको भन्नेबारे गलत जानकारी उल्लेख गर्नेहरु अधिकतम सजायको भागी बन्नेछन् ।

१५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ ।

फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप