शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको अवहेलनासम्बन्धी मुद्दामा यस्तो छ चार पूर्वप्रधानन्यायाधीशको लिखित जवाफ (पूर्णपाठ)

सोमबार, ०३ फागुन २०७७, १३ : ११
सोमबार, ०३ फागुन २०७७

अदालतको अवहेलनासम्बन्धी मुद्दा झेलिरहेका चार पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्की र अनुपराज शर्माले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन् भने शर्माले छुट्टै जवाफ पेश गरेका हुन् ।

अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध उनीहरुबाट गत पुस २४ गते जारी संयुक्त विज्ञप्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए । संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा व्यक्त गरेका थिए ।

चार पूर्वप्रधानन्यायाधीशले दुवै रिट निवेदनका सम्बन्धमा छुट्टाछुट्टै जवाफ पेश गरेका छन् । चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्तिले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा प्रस्ट रुपमा न्यायिक निरुपणको कार्यलाई प्रभाव पार्ने र अदालतप्रति जनताको विश्वास घटाउने जिकिर गर्दै रिट निवेदकले उनीहरुमाथि हदैसम्मको सजाय माग दावी गरेका छन् ।


यस्तो छ, पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीको संयुक्त लिखित जवाफः–

यस्तो छ, पूर्वप्रधानन्यायाधीश शर्माको लिखित जवाफः–
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप