बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेघन र ह्यारीले दोस्रो सन्तानलाई जन्म दिँदै

सोमबार, ०३ फागुन २०७७, १० : ५४
सोमबार, ०३ फागुन २०७७

ड्यूक र डचेज अफ ससेक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन्।

ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन् । गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए।

ह्यारी र मेगनका प्रवक्ताले उक्त दम्पती ‘अत्यन्तै खुसी’ रहेको बताएका छन् ।  

बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना ‘हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको’ जनाएका छन् ।


ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देख्न सकिन्छ ।

गत जुलाईमा आफ्नो गर्भ तुहिएको जानकारी मेगनले नोभेम्बरमा प्रकाशित एउटा लेखमार्फत् दिएकी थिइन्।

ह्यारी र मेगन पहिलो पटक भेट भएको १६ महिनापछि विवाह बन्धनमा बाँधिएका थिए । सन् २०१८को मे महिनामा विवाह बन्धनमा बाँधिएका उनीहरूले सन् २०१९ को मे ६ तारिखमा पहिलो सन्तानलाई जन्म दिएका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप