को हुन् वैभव रेखी जोसँग आज दीया मिर्जाले गर्दैैछिन् दोस्रो विवाह ?
नायिका दीया मिर्जा आफ्नो जीवनको नयाँ सुरुवात गर्दैछिन् । १५ फेब्रुअरी अर्थात् आज वैभव रेखीसँग उनको विवाहको विषयमा अत्यधिक चर्चा भइरहेको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार दीयाले १५ फेब्रुअरीमा वैभवसँग नीजि कार्यक्रममा विवाह गर्दैछिन् । हालसम्म यो खबरबारे अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । तर दीयाको विवाहको खबर सार्वजनिक भएलगत्तै उनका हुन लागेका श्रीमान् अर्थात् वैभव रेखी चर्चामा आएका छन् ।
स्रोतका अनुसार दीया र वैभवको विवाहमा निकै नजिकका साथी र आफन्तको उपस्थिती हुनेछ । उनीहरुको विवाहमा ५० जना मात्रै समावेश हुने खबर छ ।
दीया र वैभवको विवाह निकै साधारण तरिकाले हुने बताइएको छ ।
वैभव मुम्बईका एक व्यापारी हुन् । उनी एक लगानीकर्ता हुन् र पिरामल फन्ड म्यानेजमेनट प्राइभेट लिमिटेडका संस्थापक हुन् ।
केही मिडिया रिपोर्टका अनुसार वैभवको पनि यो दोस्रो विवाह हो । उनको पहिलो विवाह योगा र वेलनेस थेरापिस्ट सुनैना रेखीसँग भएको थियो । यी दुईका एक छोरी पनि छन् ।
दीयाको पनि यो दोस्रो विवाह हो । यसअघि उनको विवाह साहिल सांगासँग भएको थियो । दीया र साहिलको विवाह सन् २०१४ को अक्टोबरमा भएको थियो । पाँच वर्षको सम्बन्धपछि यी दुईले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका थिए ।
दीया मिर्जाले अगस्ट २०१९ मा पूर्व श्रीमान् साहिल सांगासँग आफ्नो सम्बन्धविच्छेदको खबर दिएका थिए । उनले सोसल मिडियामा एउटा पोस्ट सेयर गर्दै साहिलसँग अलग हुन लागेको कुरा सेयर गरेका थिए ।
उनले पोस्टमा लेखेकी थिइन्, ‘११ वर्षसम्म एक अर्काको साथमा बसेपछि हामीले आपसी सहमतिमा अलग्गिने निर्णय लिएका थियौं । हामी सम्बन्धविच्छेद पछि पनि एक अर्काको साथी हुनेछौं र एक अर्काको इज्जत गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा