यी हुन् ७ संकेत जसले शरीरमा गम्भीर रोग लागेको सूचना दिन्छ
एजेन्सी – स्वस्थ रहनु हरेक व्यक्तिको उद्देश्य हुन्छ । स्वस्थ रहनका लागि दैनिक जीवनयापन पनि स्वस्थ हुन आवश्यक छ । स्वस्थ रहनका लागि खानपान, व्यायाम जस्ता कुराहरुमा ध्यान दिन आवश्यक छ ।
दैनिक जीवनयापन गर्ने क्रममा कहिलेकाँही शरीरका विभिन्न अंगहरुमा आउने परिवर्तनले कुनै गम्भीर रोग लाग्दैछ भन्ने कुराको संकेत गर्ने गर्दछ ।
छाला खराब हुनु
छालाले शरीर स्वस्थ भएको वा नभएको भन्ने विषयमा जानकारी दिने गर्छ । छालामा लामो समयसम्म दागधब्बा आउने र लामो समयसम्म त्यस्ता दागहरु नहाराउने कारणले चिन्तित हुने गरिन्छ । खराब जीवनशैली, अस्वस्थकर खानेकुरा, अनिन्द्रा, अपच र खानपानमा गडबढी भएमा छाला बिग्र्रिने भएकाले खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ ।
आँखा सफा नहुनु
आँखामा चमक नहुनुले धेरै कुराको संकेत गर्छ । स्वास्थ्य विशेषज्ञका अनुसार आखाँको भित्रि भागमा पहेँलो हुनु गोलब्लाडर, कलेजो वा प्यानक्रियाजमा समस्या हुनु हो । साथै, आँखा रातो हुनु शरीर अस्वस्थ हुनुको संकेत हुनु हो ।
नङको रङ परिवर्तन हुनु
नङको रङ, आकार, बनावट परिवर्तन हुनु शरीरमा समस्या पैदा भएको संकेत हो । नङ पहेँलो हुन सुरु भएमा शरीरमा रक्तसञ्चार राम्रोसँग नभएको मानिन्छ । त्यसैले यस्तो अवस्थामा झोल पदार्थको सेवन गर्नु आवश्यक छ । यस्तो हुनुको कारण धेरै धुम्रपान वा खराब नङ पालिस पनि हुनसक्छ । साथै, नङ राम्रोसँग बढ्दैन भने त्यसको अर्थ शरीरमा न्यट्रिशनको कमी भएको पनि हुनसक्छ ।
सुतेको समयमा घुर्नु
सुतेको समयमा जोरसँग घुर्नु रोगको संकेत हुनसक्छ । स्लीप एपनिया, मोटोपन, मुटुसँग जोडिएको समस्या र स्ट्रोक जस्ता स्वास्थ्य समस्याको कारण घुर्ने समस्या आउँछ । धेरैजसो व्यक्तिहरु यस्ता लक्षणलाई बेवास्ता गर्ने गर्छन् । घुर्ने समस्या आएमा डाक्टरको सल्लाह लिन आवश्यक छ ।
पेटमा ग्यास पैदा हुनु
स्वास्थ्य विशेषज्ञका अनुसार पेटमा ग्यास जम्मा हुनु पनि शरीर अस्वस्थ छ भन्ने कुराको संकेत हो । एक स्वस्थ व्यक्तिले प्रतिदिन १० देखि २० पटक ग्यास पास गर्नु सामान्य मानिन्छ । तर यसभन्दा बढीपटक ग्यास पास भएमा ल्याक्टोज इन्टोलरेन्स, पाचन प्रक्रिया खराब हुनु र सीलिएक जस्ता रोगहरुको संकेत हुनसक्छ ।
पिसाबको रङ
चिकित्सकका अनुसार पिसाबको रङ परिवर्तन हुनु विभिन्न रोगको संकेत हो । यदि पिसाबको रङ निकै गाढा हुनु वा गन्ध आउने भएमा डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ ।
सधैँ थकाई लाग्नु
निन्द्रा पूरा नहुँदा थकाइ लाग्ने समस्या पैदा हुन्छ । यसबाहेक डिहाइड्रेसन, आइरनको कमि, व्यायामको कमि र धेरै मिठो खानेकुरा खाने बानीले पनि सधैँ थकाई लागेको अनुभव हुनेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?