भ्याक्सिनका कुरा

कन्स्पिरेसी थ्योरीको घनचक्करमा कोरोना भ्याक्सिन

भ्याक्सिनबारे थाहा पाइराख्नुपर्ने केही कुराहरु

person explore access_timeफागुन ३, २०७७ chat_bubble_outline1

 

विश्वभरि तहल्का मच्चाएको कोरोना भाइरसको उत्पत्तिबारे अनेकौं थ्योरीहरु देखापरेका छन् । थरिथरिका 'कन्सिपिरेन्सी थ्योरी' प्रचलित रहेको गञ्जागोलमा यसबारे सत्यतथ्य सार्वजनिक हुन सजिलो छैन । विश्व स्वास्थ्य सङ्गठनका विज्ञले कोरोनाको उत्पत्ति भएको चीनको ऊहान सहरको भ्रमणपछि यस विषयमा रिपोर्ट तयार गरिसकेका छन् । केही दिनभित्र यो रिपोर्ट सार्वजनिक हुन्छ नै । तर यसले कुनै नयाँ कुरा ल्याउने विश्वास कसैलाई छैन ।

कोरोना उत्पत्ति सम्बन्धमा कुनै स्पष्टता नआए पनि संसारसामु यो स्पष्ट नै छ– कोरोनाले लाखौँ व्यक्तिलाई कालका मुखमा पुर्‍याउनुका साथै खरबौं डलरको नोक्सानी गर्‍यो ।
मानिसको स्वभाव नै विभिन्न 'कन्सिपिरेन्सी' रुचाउने खाले हुन्छ । राजनीति मात्रै होइन, विज्ञानको क्षेत्र पनि यस्ता बकम्फुसे 'कन्सिपिरेन्सी'ले भरिभराउ छ । चन्द्रमामा मानिस पुगेकै छैन, पृथ्वी गोलो होइन चेप्टो छ, एड्सको कुनै भाइरस नै थिएन ! यस्तो षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्ने मानिस हाम्रै वरिपरि भेटिन्छन् । यो 'स्युडो' साइन्सको कमाल हो ।

सन् २०२० जहाँ कोरोनाको उत्पत्ति विषयक विभिन्न 'कन्सिपिरेन्सी'को वर्ष रह्यो । त्यसैगरी २०२१ कोरोनाको भ्याक्सिन वरिपरि 'कन्सिपिरेन्सी' गठनमा केन्द्रित हुनेछ । 'यो भ्याक्सिन राम्रो, त्यस भ्याक्सिनको यस्तो दुष्प्रभाव देखियो' वर्षभरि नै यस्ता हल्लाले समाचारपत्रका भित्ता रङ्गिनेछन् । न सर्वसाधारणलाई थाहा हुन्छ, न मिडियालाई नै यसको पछाडिको चलखेल थाहा हुन्छ । कुरा यति मात्रै हो, अनेकौं कम्पनीका भ्याक्सिन छन्, बजारमा प्रतिस्पर्धा हुन्छ, एकले अर्काको बदख्वाइँ नगरे कसरी अघि बढ्ने ? अन्तर्राष्ट्रिय मेडिकल माफियाले वर्षभरि नै डाक्टर-अनुसन्धानकर्ताहरु, यहाँसम्म कि मिडिया हाउसको पनि सेवा गरिरहन्छ ।

सन् २०२० जहाँ कोरोनाको उत्पत्ति विषयक विभिन्न 'कन्सिपिरेन्सी'को वर्ष रह्यो । त्यसैगरी २०२१ कोरोनाको भ्याक्सिन वरिपरि 'कन्सिपिरेन्सी' गठनमा केन्द्रित हुनेछ । 'यो भ्याक्सिन राम्रो, त्यस भ्याक्सिनको यस्तो दुष्प्रभाव देखियो' वर्षभरि नै यस्ता हल्लाले समाचारपत्रका भित्ता रङ्गिनेछन् ।

निर्विवादित तथ्य के हो भने अक्सफोर्ड र जेनर इन्स्टिच्युटले विकसित गर्दै गरेको उत्पादनप्रति विश्वस्त भएर ब्रिटिस (स्विडिस मल्टिनेसनल फार्मास्युटिकल एन्ड बायोफर्मास्युटिकल कम्पनी ऐस्ट्रेजेनेकाका निर्देशक पास्कल सोरियोट र पुणेस्थित भारतीय कम्पनी सिरम इन्स्टिच्युट अदार पुनावालाले अरबौं लगानी गरेर उत्पादन गरेको ऐस्ट्रेजेनेका र कोभिसिल्ड भ्याक्सिन (भाइरल वेक्टर भ्याक्सिन ) प्रचलित अन्य भ्याक्सिनमध्ये सर्वोत्कृष्ट हुनुका साथै सबैभन्दा सस्तो पनि छ । तपाईंले आजसम्म चिनियाँ भ्याक्सिनको दुष्प्रभावबारे केही पढ्नु भएको छ ? रूसी भ्याक्सिनको नकारात्मक प्रभावबारे केही थाहा पाउनु भएको छ ? मोर्डना र फाइजर (एउटा केस बाहेक) का प्रभाव/ दुष्प्रभावबारे पढ्नुभएको छ ?

सबैभन्दा सस्तो भएको हुनाले अक्सफोर्डको भ्याक्सिन सबैको तारो बनेको छ । सबै भ्याक्सिन निर्माता कम्पनी यस भ्याक्सिनका विरुद्ध मोर्चा कसेर नै 'कन्सिपिरेन्सी' युक्त योजनामा लागेका छन् ।

सामान्यजनलाई भन्न चाहन्छु, भ्याक्सिन भनेको एउटा यस्तो प्रविधि हो जसअन्तर्गत बिमारीको कारक जुन भाइरस हुन्छ, त्यसकै 'रिप्लिका' (कमजोर बनाएको भाइरस) अथवा कुनै अन्य भाइरसलाई कमजोर बनाई त्यसमाथि ताण्डव मच्चाइरहेको भाइरसको प्रोटिनको खोल चढाई बाहिरबाट हेर्दा दुरुस्त देखिने बनाई अथवा भाइरसको 'जेनेटिक म्यटेरियल' प्रयोग गरी (मर्डोरोना र फाइजर ) बनाइन्छन् । अक्सफोर्डले आफ्नो भ्याक्सिन बनाउन चिम्पान्जीमा रुघा लाउने एडिनो भाइरसलाई कमजोर बनाई कोरोना भाइरसको स्पाइक प्रोटिनको लेपन गरी एडिनो भाइरसलाई बाहिरबाट हेर्दा दुरुस्त कोरोना भाइरस जस्तै बनाई भ्याक्सिन निर्माण गरेको हो । भ्याक्सिन भनेको भाइरस नै हो । यसरी बनाइएका भ्याक्सिनको 'बेस' र आयु थप्न विभिन्न केमिकलको प्रयोग भएको हुन्छ । एकपटक गुगलमा Bovine Serum - Calf Serum टाइप गरी हेर्नुस् । मानवले आफ्नो सुरक्षाका लागि कतिसम्म अमानवीय क्रियाकलाप गरेको छ छर्लङ्ग हुनेछ तपाईंलाई । तर अहिले आएर ''काफ सिरम'' को सट्टा सिन्थेटिक रसायनको प्रयोग हुन थालेको छ तर यो अझै पनि महँगो भएकाले अनेको किसिमका जनावरको उत्सर्ग लिइरहेको छ सर्वश्रेष्ठ 'होमोसेपियन्स'ले ।

वास्तवमा भ्याक्सिनका माध्यमले शरीरभित्र भाइरस नै छिराइएको हुन्छ । त्यसो गरिनुको उद्देश्य शरीरको ''इम्युन सिस्टम'' लाई ताण्डव मचाइरहेको भाइरसका विरुद्ध लड्न हाम्रा शरीरका प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्नु नै हो। कसरी ? ल सुन्नुस्-

हाम्रो शरीरको 'इम्युन सिस्टम' शरीरभित्र प्रवेश गरेका कुनै पनि किसिमका विजातीय तत्त्व (फरेन एलिमेन्ट्स) का विरुद्ध तुरुन्त सक्रिय हुन्छ । एउटा गल्लीको कुकुरले आफ्नो गल्लीमा अर्को 'फरेन' कुकुरलाई सहन नगरे जस्तै 'इम्युन सिस्टम'ले पनि शरीरमा आइपुगेको विजातीय तत्त्वलाई नष्ट गर्न आफ्नो सेनालाई तयार गर्छ । भ्याक्सिनले शरीरको 'इम्युन सिस्टम'लाई उत्तेजित गर्ने काम गर्छ, 'लङ्का पुग्न समुद्ररूपी बाधाले निराश भएको रामादलको हनुमानलाई जामवन्तले 'प्रोभोक' गरे जस्तै । 'इम्युन सिस्टम'ले शरीरमा थोरै सङ्ख्यामा प्रवेश गरेका विदेशी आक्रमणकारी लाई 'एन्टिबड़ी'रूपी सेना गठित गरी तुरुन्त ठेगान लागाइदिन्छ । यसले फायदा के हुन्छ ? त्यो पनि स्वस्थानीका कथाझैँ पूर्ण श्रद्धा र आस्था राखी श्रवण गर्नुस् ।
माथि लेखियो– भ्याक्सिन बनाउँदा ताण्डव मच्चाइरहेको भाइरसको कमजोर 'रिप्लिका' अथवा अन्य भाइरसलाई त्यसकै स्वरुप प्रदान गरी अथवा त्यस भाइरसकै 'जेनेटिक म्यटेरियल' प्रयोग गरी भ्याक्सिन बनाइन्छ, किन ? पर्खिनुस् नवराजलाई हात्तीले फूलमाला लगाइदिई राजा हुन धेरै लामो कथा सुन्ने धैर्य गर्नुपर्छ ।

भ्याक्सिनका माध्यमले शरीरभित्र आएको 'फरेन पार्टिकल्स'लाई सङ्ख्यामा थोरै भएकाले 'इम्युन सिस्टम'ले सजिलै परास्त गर्छ । यस क्रममा 'इम्युन सिस्टम'लाई थाहा हुन्छ यस किसिमको आक्रमणकारी पुनः आउँदा कुन किसिमका 'एन्टिबडी'को सेना आवश्यक हुन्छ, 'मेमोरी सेल'ले यस विज्ञानलाई आफूसँग रहेको जैविक 'डिस्क'मा 'कपी पेस्ट' गरी सुरक्षित राख्छ । केही दिनसम्म त शरीरभित्र 'एन्टिबडी'रूपी यी सैनिक रगतमै उपस्थित भइराख्छन् । 'प्लाज्मा थेरापी' को रहस्य यही हो । होइन त डाक्टर विपिन नेपाल ?

रह्यो भ्याक्सिनको दुष्प्रभावको कुरा । यो के हो भने भ्याक्सिन बनाउँदा अनेको केमिकलको प्रयोग भएको हुन्छ । यी केमिकलप्रति एलर्जी भएका मानिसमा भ्याक्सिन लिँदा अनेकौं किसिमका तात्कालिक दुष्प्रभाव हुन सक्छन् । यो अति सामान्य कुरा हो । मानिसको शरीर संसारको सबैभन्दा जटिल मेसिन हो, यसले कुन कुरामा कसरी प्रतिक्रिया गर्छ, त्यसको पूर्वानुमान लाउन सकिन्न ।

शरीरमा पुनः यस्तै किसिमको सङ्क्रमण भएको खण्डमा (ताण्डव मच्चाइरहेको भाइरस सङ्क्रमण भएमा) 'इम्युन सिस्टम'लाई यस आगन्तुक पाहुनालाई कुन किसिमको स्वागत गर्ने भन्ने कुरा थाहा हुन्छ- चियामा चिनी हालेर दिने कि जमालघोटा ! भन्नु परिरहेन शरीरमा प्रवेश गरेका 'फरेन पार्टिकल्स'लाई 'इम्युन सिस्टम'ले एन्टिबडीरूपी आफ्नो सैन्य दलमार्फत भलीभाँती उपचार गरी ठेगान लाउँछ ।

 यो जुन हल्ला सुनिराख्नु भएको छ नि, फलानो भ्याक्सिनले यति दिनसम्म सुरक्षा दिन्छ, ३ महिना अथवा ६ महिना; यी सबै अनुमानकारिता हुन् । कोरोना भ्याक्सिन प्रयोग हुन थालेको २ महिना पनि भएको छैन । तसर्थ यी भइरहेका दावी प्रमाणित हुन बाँकी तर तत्कालीन तथ्यप्रमाणका आधारमा गरिएका अनुमान हुन् । यी अनुमान मिल्न पनि सक्छ, पछि नमिल्न पनि सक्छ । यथार्थ कुरा थाहा पाउन कम्तीमा एक वर्षको समय लाग्छ ।त्यसपछि मात्रै ठोकुवाका साथ भ्याक्सिनले कति काम गर्यो –गरेन भनेर भन्न सकिने आधार तयार हुन्छ । प्रत्येक व्यक्तिमा यो एउटै जस्तो हुन्न । समयक्रममा रगतमा 'एन्टिबडी' कमजोर जस्तो भए पनि 'मेमोरी सेल'मा त्यसको सारा जानकारी सुरक्षित हुन्छ । फलत: पछि उही भाइरसले शरीरमा प्रवेश गरिहालेमा तत्कालै शरीरको प्रतिरक्षा प्रणाली त्यसका विरुद्ध सक्रिय भएर त्यसलाई नियन्त्रण गरिहाल्न सक्छ । सामान्यत: एक पटक लाएको भ्याक्सिनले जीवनभरि पनि सुरक्षा दिने सम्भावना छ । तर यो भाइरसको रुप बदल्ने क्षमतामा भरपर्ने कुरा हो ।

रह्यो भ्याक्सिनको दुष्प्रभावको कुरा । यो के हो भने भ्याक्सिन बनाउँदा अनेको केमिकलको प्रयोग भएको हुन्छ । यी केमिकलप्रति एलर्जी भएका मानिसमा भ्याक्सिन लिँदा अनेकौं किसिमका तात्कालिक दुष्प्रभाव हुन सक्छन् । यो अति सामान्य कुरा हो । मानिसको शरीर संसारको सबैभन्दा जटिल मेसिन हो, यसले कुन कुरामा कसरी प्रतिक्रिया गर्छ, त्यसको पूर्वानुमान लाउन सकिन्न ।

युद्ध हुँदा युद्धक्षेत्रको माहौल तात्न पुग्छ । तपाईंलाई आएको ज्वरोको कारण त्यही युद्धक्षेत्र अर्थात तपाईंको शरीर तातेको हो । एक दुई दिन तपाईंले यो उष्णता सहन गर्नैपर्छ । यसलाई सहनु नै तपाईंका लागि राम्रो हुन्छ । कुनै औषधि सेवन नगरी आराम गर्नुस्

दुई तीन दिनअघिको कुरा हो, रातोपाटीका एकजना सहकर्मी मित्रलाई भ्याक्सिन लिएपछि ज्वरो आयो । मैले उनलाई सम्झाउँदै भने, हेर्नुस् तपाईंको शरीरमा एउटा 'फरेन एलिमेन्ट'ले प्रवेश गरेको छ, 'इम्युन सिस्टम'ले यसको अध्ययन अनुसन्धान गर्छ, यसलाई सखाप बनाउने उपाय गर्छ । शरीरभित्र युद्धकै स्थिति हुन्छ । युद्ध हुँदा युद्धक्षेत्रको माहौल तात्न पुग्छ । तपाईंलाई आएको ज्वरोको कारण त्यही युद्धक्षेत्र अर्थात तपाईंको शरीर तातेको हो । एक दुई दिन तपाईंले यो उष्णता सहन गर्नैपर्छ । यसलाई सहनु नै तपाईंका लागि राम्रो हुन्छ । कुनै औषधि सेवन नगरी आराम गर्नुस् । २४ घण्टा नबित्दै सहकर्मी स्वस्थ भए ।

भ्याक्सिनको यस्तो 'रियाक्सन' जोकोहीलाई पनि हुनसक्छ । कसैले पनि आत्तिने काम नगर्नुस् । सर्वप्रथम त भ्याक्सिन लिएपछि ३०–४० मिनेट भ्याक्सिन लिएकै ठाउँमा प्रतीक्षा गर्नुस्, कुनै 'रियाक्सन' भएमा त्यहाँ रहेका चिकित्साकर्मीले त्यसको समुचित उपचार गर्छन् । भ्याक्सिन लिएपछि एक दिन आराम गर्नुस् । किनकि शरीरभित्र शत्रु (भ्याक्सिनबाट पठाइएको भाइरसरूपी शत्रु) र तपाईंको 'इम्युन सिस्टम' बीच युद्ध हुने प्रक्रिया सुरू भएको हुन्छ । युद्ध अथवा आन्दोलनका दौरान दर्शकले सक्रियता देखाउँदा हानि दर्शकलाई नै हुने गर्छ ।

म जुन वर्गमा पर्छु, सरकारले त्यस वर्गलाई भ्याक्सिन लाउने मौका दिइसकेको छ । कैयौँले सोध्नुहुन्छ– तपाईंले भ्याक्सिन लिनुभयो ? सर्वप्रथम त मैले सरकारले तेर्स्याएको शर्त पूरा गर्न सकिनँ । म शौकिया पत्रकार थिए र छु । मैले आजसम्म कुनै पनि सरकारी अथवा अन्य सङ्गठनको यससम्बन्धी सदस्यता लिएको छैन । तसर्थ भ्याक्सिनका लागि मेरो योग्यता अथवा पात्रता नै पुगेन । म भ्याक्सिन लिन्छु अथवा लिन्नँ, यसको कुनै महत्त्व छैन । हो, भ्याक्सिन लिने अवसर प्राप्त भएमा पहिले म 'एन्टिबडी टेस्ट' गराउँछु । रगतमा 'एन्टिबडी' छ भने म भ्याक्सिन लिन्नँ ।

र, रह्यो स्वस्थानीको कथामा नवराज राजा हुने कुरा अर्थात तपाईंले भ्याक्सिन लाउने अथवा नलाउने ! मित्रहरु राजाको प्रचलन नै समाप्त भइसकेको अवस्थामा म हात्ती बनी तपाईंको कण्ठमा फूलमाला कसरी लाउन सक्छु, तपाईंलाई भ्याक्सिन लिनै पर्छ भन्ने कर वा परामर्श कसरी दिन सक्छु ? यो नितान्त तपाईंको व्यक्तिगत स्वतन्त्रता हो, यसमा राज्यले त केही भनेको छैन भने (लाउने न लाउने स्वतन्त्रता दिएको छ) एउटा लेखकका रूपमा म राज्यभन्दा उपयोगी अथवा महत्त्वपूर्ण हुन सक्दिनँ तपाईंहरुका लागि । मेरो रूचि र दायित्व यति मात्रै हो भ्याक्सिन सम्बन्धमा आएका जानकारी र हल्लाका बीच आफूले जानेअनुसारको सत्य तथ्य तपाईंहरुलाई दिन सकौँ । रातोपाटी अनलाइनका माध्यमले म यो कार्य तदारुकतापूर्वक गरिरहेको छु, गरिरहने छु ।

कमेन्ट

  1. Feb. 15, 2021, 2:17 p.m. kamal
    very well said am 100% agree with this .
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।