ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत
आइतबार, ०२ फागुन २०७७, १९ : ५४

काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट बैंकले थप सहुलियत दिने भएको छ । ऋण नतिर्ने र कर्जाको पुनर्तालिकीकरण पनि नगरेका व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने राष्ट बैंकले जनाएको छ । यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।
राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो । राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला