
बाघको आक्रमणबाट महिलाको मृत्यु

कैलाली । कैलालीको पुष्पाञ्जली सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई उक्त वनमा घाँस काट्न गएको समयमा बाघले आक्रमण गरेको हो ।
प्रहरीका अनुसार दिउँसो ३ बजे खबर आएपछि खोजतलासमा जुटेको प्रहरी टोलीले सवा ४ बजे ती महिलाको शव फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार घास काट्न गएको स्थानभन्दा केही पर उनको शव फेला परेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ