बलात्कृत बालिकाले मानसिक सन्तुलन गुमाइन्

गुल्मी । केहीदिन अघि गुल्मीमा बलात्कृत १२ वर्षीया बालिकाले मानसिक सन्तुलन गुमाएकी छन् । गत माग २६ गते साँझ गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४, म्यालपोखरीमा मालिका गाउँपालिका वडा नम्बर ४, अर्खबाङ्ग निवासी २९ वर्षीय जगतबहादुर रानाले ती बालिकालाई बलात्कार गरेका थिए । राना हाल प्रहरीको नियन्त्रणमा छन् ।
यता बलात्कृत बालिकाले भने मानसिक सन्तुलन गुमाएकी छन् । त्यसो त उनी पहिलादेखि नै सुस्त मनस्थितिकी थिइन् । बलात्कृत भएपछि उनले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएको उनका काकाको भनाइ छ । ‘बलात्कृत भएदेखि उनले मानसिक सन्तुलन गुमाएर बसेकी छन्,’ पीडित बालिकाका काकाले भने । चना चटपटे बेचेर गुजारा चलाउँदै आएका उनले आफ्नी भतिजीको अवस्था नाजुक बनेको उल्लेख गर्दै रेखदेखका लागि समेत समस्या भएको बताए ।
‘घरमै रेखदेख गरेर बसौं भने दुई छाक खानका लागि कमाउने बाटो नै बन्द हुन्छ,’ उनले भने, ‘चना चटपटे बेच्न जाँदा भतिजीलाई कसले हेरिदिने भन्ने समस्या छ ।’
पीडित बालिकाका बाबुको घरबास नै छैन भने उनी कहाँ छन् भन्ने पनि पत्तो छैन । दोस्रो विवाह गरेकी आमाले पनि उनलाई राख्न नमाने पछि उनी काकाको शरणमा आएकी हुन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पीडित बालिकालाई कुनै सुधार केन्द्रमा राख्ने प्रयास गरिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु