मुख्यमन्त्री कप भलिबल प्रतियोगिताः गण्डकी प्रदेशका १० टिम सहभागी हुने

पोखरा । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजक कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ ।
भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ लगतयका १० जिल्लाको सहभागिता रहने उनले बताए । उनले चिसो मौसमका कारण मनाङका खेलाडी सहरका विभिन्न स्थानमा रहेका कारण खेलाडी छनौट गर्न नसक्दा सहभागी हुन नसकेको बताए ।
अध्यक्ष पराजुलीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने र प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेस्यले प्रतियोगिताको आयोजना गरिएको बताए । भलिबल खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न समेत प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २.२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी उपबिजेता दुबैले नगद १.१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०.५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५।५ हजार र उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ लाईसमेत नगद ५।५ हजार पुरस्कार प्रदान गरिने छ । साथै ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि ५० रुपैयाँ, सेमिफाइनल र फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको अध्यक्ष पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु