शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐन बमोजिम ट्रेकिङ्ग गाईडको लाइसेन्स दिन ट्रेड युनियनहरुको माग

आइतबार, ०२ फागुन २०७७, १७ : २९
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । पर्वतीय पथ प्रदर्शक (ट्रेकिङ्ग गाईड)को अनुमतिपत्र,  लाइसेन्स ऐन बमोजिम खोल्न पर्यटन सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले माग गरेका छन् । लामो समयदेखि खुल्न नसकेको लाइसेन्सको नयाँ प्रक्रिया हालैमात्र खोल्ने तयारी भएपनि सो विधि, प्रक्रिया र ऐन विपरित भएको भन्दै युनियनहरुले ऐन बमोजिम खोल्न सरकारसँग आग्रह गरेका हुन् । 

आइतबार पर्यटन विभागको नाममा एक प्रेस विज्ञप्ति जारी गर्र्दै पर्यटन सम्बद्ध पाँच ट्रेड युनियनहरु अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल, समाजवादी पर्यटन ट्रेड युनियन र नेपाल पर्यटन श्रमिक संघले संयुक्त रुपमा विरोध जनाएका छन् । 

‘विगत लामो समयदेखि पर्यटन विभागले कार्य अनुमतिपत्र (लाइसेन्स) वितरणको तयारी  गरेको सर्वविदितै छ । आम पर्वतीय पर्यटन क्षेत्रका पर्वतीय पथ प्रदर्शक (ट्रेकिङ्ग गाईड) हरु अत्यन्त हर्षका साथ त्यहीँ क्षणको पखाईमा थियौं । पर्यटन विभागले आफ्नो कार्यसम्पादन गर्दैगर्दा पर्वतीय पथ प्रदर्शकहरुको परिभाषा र वर्गीकरणको विषयलाई लिएर केहीँ समयस्या उत्पन्न भएको र समस्या समाधानको निमित्त केहि दिनअघि छलफल समिति बनेको सूचना प्राप्त भएको छ ।

उक्त समस्याको समाधानको निमित्त पर्यटन क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरुलाई कुनै सूचना समेत सम्प्रेषण नगरी छलफल समिति बनाउँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ संयुक्त ट्रेड युनियनहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, पर्यटन ऐन २०३५ धारा २ (ज) को विपरित पर्वतीय पथ प्रदर्शक कार्य अनुमतिपत्र लाइसेन्स वितरण भएको खण्डमा पर्यटन क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरु पर्यटन विभाग लगायतका सम्बन्धित निकायहरुमा सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट हुनसक्ने प्रत्यक्ष तथा क्षतिको जिम्मेवार समेत स्वयं पर्यटन विभाग हुनुपर्ने आन्दोलित युनियनहरुले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप