शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागिताका लागि आग्रह

आइतबार, ०२ फागुन २०७७, १७ : ०४
आइतबार, ०२ फागुन २०७७

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । विघटनविरुद्ध  पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप