बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिएकोमा आपत्ति

आइतबार, ०२ फागुन २०७७, १६ : ११
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । विवेकशील साझा पार्टीले कोभिड १९ खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीको भातृसंगठन साझा जेष्ठ नागरिक संगठनले आज एक विज्ञप्ति जारी गर्दै खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेको हो । 

जारी विज्ञप्तिमा खोप अभियानमा राज्यले जेष्ठ नागरिकहरुमाथि गरेको उपेक्षाप्रति खेद तथा आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छः ‘ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका जेष्ठ नागरिकहरुलाई सरकारले खोप अभियानको तेश्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु दुःखद र दुर्भाग्यपूर्ण छ ।’  

विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको समेत विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप