श्रीमानले महिलाका जति पनि तस्बिर लाइक गरेका थिए, श्रीमतीले ती सबै प्रिन्ट गरेर दिइन् भ्यालेन्टाइन गिफ्ट

एक महिलाको भिडियो सोसल मिडियामा भाइरल भएको छ । ती महिलाले आफ्ना श्रीमानलाई भ्यालेन्टाइन्स डेको मौकामा निकै अचम्मको उपहार दिइन् । खासमा ती महिलाले आफ्ना श्रीमानलाई ती सबै महिलाको तस्बिर प्रिन्ट गरेर उपहारको रुपमा दिइन् जुन फोटोलाई श्रीमानले इन्स्टाग्राममा लाइक गरेका थिए । त्यसपछि महिलाले सोसल मिडियामा भिडियो पनि पोस्ट गरिन् ।
डेली मेलमा प्रकाशित एक खबरका अनुसार ग्लोरिया नामकी टिकटक प्रयोगकर्ता अमेरिकामा बस्छिन् । उनले श्रीमानलाई दिएको उपहारको भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखिन्, ‘तपाईंले श्रीमान्–प्रेमीलाई भ्यालेन्टाइन्स डेको दिन के उपहार दिनुभयो ?’ यो भिडियालाई एकैदिन एक करोड ३८ लाखभन्दा बढीले हेरिसकेका छन् ।
ग्लेरियाले सुरुमा ती सबै महिलाको तस्बिर इन्स्टाग्राबाट डाउनलोड गरिन् र त्यसपछि ती प्रिन्ट गरिन् । त्यसपछि फोटोलाई एउटा लठ्ठीमा टाँसेर
भ्यालेन्टाइन्स डेको उपहारको रुपमा श्रीमानलाई दिइन् ।
ग्लोरियाले लेखिन्, ‘जो पनि आफ्ना पार्टनरलाई उपहार दिनेबारे कुरा गरिरहेको छ । म पनि आफ्नो ‘क्यूट लिटल बक्स’ देखाउँछु । ’ सोसल मिडियामा धेरै मानिसहरुले ग्लोरियाको तारिफ गरेका छन् र कतिले त प्रश्न पनि उठाएका छन् ।
एक सोसल मिडिया प्रयोगकर्ताले ग्लोरियाको भिडियोमाथि कमेन्ट गर्दै लेखे, ‘तपाईंले श्रीमानको प्रतिक्रिया पनि पोस्ट गर्नुपर्छ । ’ यस्तै अर्काले लेखेका छन्, ‘यो श्रीमानलाई पक्कै पनि मनपर्यो होला ।’
यस्तै अर्का एक व्यक्तिले कमेन्टमा भने, ‘के एक श्रीमानले अन्य महिलाको तस्बिरमा लाइक गर्न सक्दैन । म एक्लो छु, यसैमा राम्रो छ ।’ पछि ग्लोरियाले श्रीमानको प्रतिक्रियाको भिडियो पनि सेयर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
-
सशस्त्र प्रहरी स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित पशुपतिमा खटिने