शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालयको पुनःनिर्माण सकियो, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०२ फागुन २०७७, १५ : ०६
आइतबार, ०२ फागुन २०७७

भूकम्पका कारण क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । त्यसका लागि आन्तरिक साजसज्जालगायतका कामहरु भइरहेको छ । आइतबार रातोपाटीकर्मी त्यहाँ पुग्दा रंग रोगन, फर्निचर व्यवस्थापनदेखि आवश्यक कामहरु धमाधम भइरहेका थिए । 

यसैबीच कार्यालय भवनको प्रधानमन्त्री केपी ओलीले सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि ओलीले त्यहीँबाट सरकारको तीन वर्षे उपलब्धिबारे जानकारी दिन पत्रकार सम्मेलन राखेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ  (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवनको प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट  सोमबार उद्घाटन गरिने कार्यक्रम तय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप