बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिंसा भड्काएको आरोपबाट ट्रम्प मुक्त भएपछि बाइडेनले के भने ?

आइतबार, ०२ फागुन २०७७, १५ : ००
आइतबार, ०२ फागुन २०७७


अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ६ जनवरीमा संसद् भवनमा हिंसा भड्काएको आरोपबाट मुक्त गरिदिएको छ ।

ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलिरहेको छ तर सिनेटमा रिपब्लिकन पार्टीले उनलाई दोषी ठहर गर्नबाट बचायो ।

यो विषयमा ह्वाइट हाउसले एक आधिकारिक बयान जारी गरेको छ ।

बयानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो विचार राखेका छन् । उनले  भनेका कुरा उनकै शब्दमाः

करिब दुई  हप्ताअघिको कुरा हो जब मैले र मेरी श्रीमती जिलले ६ जनवरीमा हिंसाका बेला संसद् भवनलाई बचाउँदै ज्यान गुमाउने प्रहरी अधिकारी ब्रियन सिकनिकलाई श्रद्धाञ्जली दिएका थियौं ।

आज ५७ सिनेटर्स (जसमा रिपब्लिकन पार्टीका सात सदस्य पनि समावेश छन्) ले पूर्व राष्ट्रपति ट्रम्पलाई हाम्रो लोकतन्त्रमाथि भयानक हमलाको दोषी मानेका छन् ।

यसअघि हाउस अफ रेप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्रेटिक, दुबै पार्टीका सांसदले उनीमाथि महाभियोग चलाउनका लागि भोट गरेका थिए ।

यद्यपि, अन्तिम भोटपछि ट्रम्प दोषी ठहर भएनन् तर उनीमाथि जुन आरोप लागे, त्यसको गम्भीरतालाई कसैले अस्विकार गर्न सक्दैन ।

जुन सांसदले ट्रम्पलाई दोषी ठहर गरिनेबारे विरोध गरे, जस्तै कि सिनेटका अल्पसंख्यक नेता म्याक कनेलले पनि स्विकारिसकेका छन् कि राष्ट्रपतिले आफ्नो कर्तव्यलाई नराम्रोसँग नजरअन्दाज गरे र उनी अमेरिकी संसद् भवनमा भएको हिंसा भड्काउनका लागि नैतिक र राजनीतिक रुपमा जिम्मेवार छन् ।

आज राती म ती मानिसबारे सोचिरहेको छु जसले त्यस रात बहादुरीतापूर्वक खडा भए । म ती सबैबारे सोचिरहेको छु जसले त्यस रात आफ्नो ज्यान गुमाए, जसको ज्यानमाथि त्यस रात खतरामा रह्यो र आज पनि उनीहरु त्यो रातको डरसँगै बाँचिरहेका छन् ।

आज राती म ती सबैबारे सोचिरहेको छु जसले हाम्रो लोकतन्त्रलाई बचाउनका लागि बहादुरीको प्रदर्शन गरे । म ती सबै डेमोक्रेट र रिपब्लिक सदस्य, चुनाव अधिकारी, न्यायाधिस, छानिएका प्रतिनिधि र चुनाव कर्मचारीबारे सोचिरहेको छु जसले चुनाव अघि र पछि बहादुरीताका साथ खडा भए ।

हाम्रो इतिहासको यो दुःखद अध्यायमा लोकतन्त्र नाजुक हुन्छ र यसलाई कुनै पनि हातलमा बचाउनुपर्छ भन्ने कुरा याद दिलाइयो ।

हामी सतर्क हुनुपर्छ भन्ने कुरा पनि यसले हामीलाई याद दिलाएको छ । अमेरिकामा हिंसा र कट्टरताको कुनै स्थान छैन । अमेरिकी नागरिकको रुपमा यो हामी सबैको विशेषगरी ठूलाको कर्तव्य र जिम्मेवारी हो कि हामीले सत्यको रक्षा गरौं र असत्यलाई हराऔं ।

असभ्य युद्धलाई सामाप्त गर्न र हाम्रो देशको आत्माको घाउ भर्नका लागि यहि एउटा तरिका हो ।

भविष्यमा हाम्रो अगाडि यही काम छ र यो एउटा यस्तो काम हो जुन हामी सबै मिलेर पूरा गर्नुपर्छ । युनाइटेड स्टेट्स अफ अमेरिकाजस्तै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप