बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गोबिन्दाले वरुण धवन–नताशा दलाललाई दिए आशीर्वाद, पिता डेविड धवनसँग वर्षौं भयो कुरा नभएको

आइतबार, ०२ फागुन २०७७, १३ : २४
आइतबार, ०२ फागुन २०७७

अभिनेता वरुण धवन र नताशा दलाल अघिल्लो महिना विवाह बन्धनमा बाँधिएका छन् । विवाहमा को को सेलिब्रिटीको उपस्थिती रहला भन्ने बारे अत्यधिक चर्चा भएको थियो । यसबारे चर्चा भइरहँदा नायक गोबिन्दा वरुणको विवाहमा आउलान् नआउलान् भनेर धेरैले चासो लिएका थिए । निर्देशक डेविड धवन र गोबिन्दाबीचको मतभेद कसैबाट लुक्न सकेको छैन । दुबैले कुनै बेला सुपरहिट फिल्म दिएका थिए तर अब उनीहरु एक–अर्कासँग कुरा गर्न पनि रुचाउँदैनन् । तर गोबिन्दाले वरुण–नताशालाई आशीर्वाद दिएका छन् ।

वास्तवमा धवन परिवारको तर्फबाट गोबिन्दालाई एउटा नोट पठाएका थिए । जसमा लेखिएको थियो, ‘हामीले परिवारको उपस्थितीमा २१ जनवरी २०२१ मा विवाह गर्यौं र तपाईं असाध्यै मिस गर्यौं । वरुण र नताशाका लागि नयाँ सुरुवात । तपाईंको शुभकामनाका लागि धन्यवाद । लाली धवन, डेविड धवन, जान्ह्वी र रोहित धवन ।’

यो नोटको तस्बिर सेयर गर्दै गोबिन्दाले लेखे, ‘धन्यवाद छोरा, भगवानले तिमीहरु दुबैलाई आशीर्वाद दिउन् ।’

यसअघि वरुण धवनले गोबिन्दालाई उनको जन्मदिनमा बधाई दिएका थिए । त्यसमा पनि अभिनेताले आफ्नो प्रतिक्रिया दिँदै लेखेका थिए, ‘धन्यवाद छोरा’ ।

स्मरण रहोस्, गोबिन्दाले केही समय अघि कार्यक्रम ‘आप की अदालत’ मा आफ्नो र डेविडको विवादबारे कुरा गरेका थिए । उनले भनेका थिए, ‘राजनीति छोडेपछि म थोरै चिन्तित हुन थालेको थिएँ । त्यतिबेला मेरा सेक्रेटरी डेविड धवनसँग काम गरिरहेका थिए । एक दिन सेक्रेटरी मसँगै बसिरहेका थिए । त्यति नै बेला डेविडको फोन आयो । फोन स्पिकरमा राख्न मैले भनेँ । डेविडले फोनमा भनेका थिए, ‘चीचीले असाध्यै प्रश्न सोध्न थालेका छन् । यति प्रश्न की मलाई उनीसँग अब काम गर्न मन लागेको छैन । यो कुरा सुनेर मलाई चित्त दुख्यो र मैले केही महिनाका लागि उनीसँग कुरा गर्न चाहिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप