आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

आइतबार, ०२ फागुन २०७७, १३ : ०५
आइतबार, ०२ फागुन २०७७

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।

फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने रहेका छन् । फिल्म नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए । 
दशैं र तिहारको छेको पारेर नेपालमा प्रदर्शनमा आउने फिल्म बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको हो ।

पुष्प र साम्राज्ञीको अलवा सन्दीप क्षेत्री, सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि फिल्ममा अभिनय समेटिएको छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधीर पराजुली हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप