शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइनमा प्रविनले ल्याए ‘कान्छीको सम्झनामा’

आइतबार, ०२ फागुन २०७७, १२ : ५२
आइतबार, ०२ फागुन २०७७

काठमाडौँ । भ्यालेन्टाइनको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका  गरेका छन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।

गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो भने वसन्तपुरलगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । सत्यराज चौंलागाईले भिडियोका निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप