शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

निशाको ‘निनिज् बुटिक’ मा अभिनेत्री विष्णुको कैँची

आइतबार, ०२ फागुन २०७७, १२ : ४६
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । फेसन पारखीका लागि मध्यनजर गरेर चावहिल गणेश स्थानमा ‘निनिज् बुटिक’ नामक बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर निशा श्रेष्ठले सञ्चालनमा ल्याएको बुटिकको शनिबार एक समारोह बीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी थिइन् । 

प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ को एक दिन अगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य लिएको डिजाइनर निशाले बताइन् । ‘फेसन डिजाइनर प्रति पहिलेबाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भनिन् ।

बागबजारस्थित आईआईएफटी ‘स्कूल अफ फेसन’मा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी हुन् । निनिज्ले गाउन,सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उनको भनाइ छ । बुटिकले सर्वसुलभ मूल्यमा गुणस्तरीय पहिरन उपलब्ध गराउने निशाले बताइन् ।

बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले बुटिकहरु खुल्दा खुसी लाग्ने बताइन् । आफू त्यति धेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप